दफा
तथ्याङ्क परीक्षण गर्ने अधिकार
(१) प्रमुख तथ्याङ्क अधिकारी वा निजले खटाएको अधिकृतले दफा ५ बमोजिम सङ्कलन भएको तथ्याङ्कको सत्यताको परीक्षण गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम परीक्षण गर्दा प्रमुख तथ्याङ्क अधिकारी वा सम्बन्धित अधिकृतलाई देहाय बमोजिमको अधिकार हुनेछः
(क) सङ्कलन भएको तथ्याङ्कको विश्वसनीयताको लागि त्यस्तो तथ्याङ्क सम्बन्धी विषयमा कुनै व्यक्तिलाई थाहा छ भन्ने मनासिब आधार भएमा निजसँग प्रश्न सोध्ने,
(ख) सङ्कलन भएको तथ्याङ्क अपूर्ण भएमा वा सोको विश्वसनीयताको लागि थप तथ्याङ्क . आवश्यक पर्ने भएमा तथ्याङ्क पुनः उपलब्ध गराउन सूचना दिने,
(ग) तथ्याङ्क उपलब्ध गराउनु पर्ने कर्तव्य भएको व्यक्ति, संस्था, घर परिवारको भोगचलन वा नियन्त्रणमा रहेको भवन, जग्गा वा कम्पाउण्डमा पूर्वसूचना दिई प्रवेश गर्ने।